२०८३ बैशाख ४ गते , शुक्रबार

राजतन्त्रको पक्षमा राप्रपाले निकाल्यो बिर्तामोडमा मशाल जुलुस

sajilo news
झापा
२०८१ चैत्र १७ गते , आईतबार
राजतन्त्रको पक्षमा राप्रपाले निकाल्यो बिर्तामोडमा मशाल जुलुस

‘राजतन्त्र जिन्दाबाद’ को नारासहित झापाको बिर्तामोडमा राप्रपाले मशाल जुलुस निकालेको छ । आज साँझ बिर्तामोड –४ स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला पार्टी कार्यालय अगाडिबाट राप्रपा बिर्तामोड नगर समितिको आयोजनामा मशाल जुलुस निकालिएको हो । .

नगर समिति अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला सचिव कुमार थापा लगायतको उपस्थितिमा निकालिएको जुलुसका सहभागीहरूले राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई बिनासर्त रिहाइको माग गर्दै “राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, नालायक सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, गृहमन्त्री राजीनामा दे, हाम्रो नेतालाई रिहा गर, राप्रपा जिन्दाबाद” जस्ता नारा लगाएका थिए ।

मशाल जुलुस मुक्ति चोकतर्फ आउने क्रममा प्रहरीले उक्त मशालहरू नियन्त्रणमा लिएपछि नाराबाजी गर्दै अधुवा खोलाको पुल हुँदै मुक्तिचोकमा आई कोणसभामा परिणत भएको थियो ।

सम्बन्धित समाचार