२०८३ बैशाख ४ गते , शुक्रबार

सरकारले हवाई इन्धन, डिजेल र मट्टितेलको मूल्य घटायो

sajilo news
झापा
२०८१ चैत्र १८ गते , सोमबार
सरकारले हवाई इन्धन, डिजेल र मट्टितेलको मूल्य घटायो

सरकारले हवाई इन्धन, डिजेल र मट्टितेलको भाउ घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।  त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको हो । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको  छ । 

निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो ।

सोहीअनुसार पेट्रोलको भाउ कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेल को भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ । जसअनुसार अब काठमाडौँमा डिजेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ । 

सम्बन्धित समाचार