२०८३ बैशाख १४ गते , सोमबार

ताइवानमाथि शक्तिशाली आक्रमण गर्ने तयारीमा चीन

sajilo news
एजेन्सी
२०८१ चैत्र १९ गते , मंगलबार
ताइवानमाथि शक्तिशाली आक्रमण गर्ने तयारीमा चीन

चीनले ताइवानमाथि शक्तिशाली आक्रमणको तयारी गरेको छ। यसका लागि अहिलेसम्मकै ठूलो र सशक्त सैन्य अभ्यास शुरु गरिएको चिनिया सुरक्षा अधिकारीले बताएका छन् । पूर्वी थिएटर कमाण्डले आफ्नो सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो, जसअनुसार चीनले आफ्नो स्थल सेना, जलसेना, वायु सेना तथा रकेट बल सहभागी गराएर कैयौँ दिशाबाट ताइवानमाथि आक्रमण गर्ने गरी संयुक्त अभ्यास शुरु गरेको छ। 

जानकारी अनुसार यो मुख्यरुपमा एकै साथ, जल, जमिन र आकाशबाट ताइवानमाथि नजिकको आक्रमण गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने अभ्यास हो। चिनिया पिपुल्स लिबरेशन आर्मीले आफ्नो एक वक्तव्यमा यो अभ्यास स्वतन्त्र ताइवानको पृथकतावादी शक्तिविरुद्ध एक कडा चेतावनी र सशक्त प्रतिकार भएको बताएको छ। साथै आफ्नो सैन्य अभ्यासलाई चीनको सम्प्रभुता र राष्ट्रिय एकताको रक्षाका लागि वैधानिक कारबाहीको संज्ञा दिएको छ । 

चीनले ताइवानलाई आफ्नो अंग मान्ने गरे पनि ताइवानले भने आफू स्वतन्त्र देश भएको दाबी गर्ने गरेको छ। यसका कारण चीनले केही वर्षयता ताइवानमाथि दबाब बढाउन सामुद्रिक क्षेत्रमा सशक्त सैन्य अभ्यास गर्ने गरेको छ।

सम्बन्धित समाचार