२०८३ बैशाख ४ गते , शुक्रबार

यी हुन् नेपाल र थाइल्याण्डबीच भएका सम्झौता

sajilo news
झापा
२०८१ चैत्र २० गते , बुधबार
यी हुन् नेपाल र थाइल्याण्डबीच भएका सम्झौता

नेपाल र थाइल्याण्डबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा आज २ वटा सरकारी र ६ वटा गैह्रसरकारी समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । 

दुई देशबीच भएको समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ। साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौता

  • सांस्कृतिक सम्झौता
  • पर्यटन सहयोग सम्बन्धी सम्झौता

गैह्रसरकारी सम्झौता

  • आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति संघ  र महिडोल युनिभर्सिटी अन्तर्गतको  रामाथिबोदि अस्पतालबीच आपसी सहकार्य सम्बन्धी समझदारी
  • नेपाल उद्योग वाणिज्य महासंघ र थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी 
  • जनता एग्रो एण्ड फरेष्ट्री र कासेट्सार्ट विश्वविद्यालयबीच समझदारी
  • काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच समझदारी
  • नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघ समझदारी
  • नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्‍बीच समझदारी
     

सम्बन्धित समाचार