२०८३ बैशाख ४ गते , शुक्रबार

सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघ्यो

sajilo news
झापा
२०८१ चैत्र २१ गते , विहीबार
सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघ्यो

स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

बुधबार  एक तोला सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित समाचार