२०८३ बैशाख १० गते , विहीबार

चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ चैत्र २७ गते , बुधबार
चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

बेइजिङ : चीनको उत्तरी प्रान्त हेबेईमा रहेको एक नर्सिङ होममा मंगलबार राति आगलागी हुँदा २० जना वृद्धवृद्धाको मृत्यु भएको छ।  

मंगलबार राति करिब ९ बजे चेङ्दे शहरको लोङ्हुआ काउन्टीमा आगलागी भएको चिनिया सरकारी समाचार एजेन्सी सिन्ह्वामा जनाइएको छ। आगलागी भएको भवनमा जम्मा ३९ जना वृद्धवृद्धा बस्दै आएका थिए। राति ११ बजेतिर आगो नियन्त्रणमा आएको थियो। १९ जनालाई स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको छ।

सम्बन्धित समाचार