२०८३ बैशाख १४ गते , सोमबार

दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

sajilo news
झापा
२०८१ चैत्र २९ गते , शुक्रबार
दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईँ र उनका सहयोगी दीपक खड्कालाई १२ दिनको म्याद थप गरेको हो। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर र  सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यहाँ आवश्यक कागजी प्रक्रिया पुर्‍याएर अदालतमा पेस गरिएको थियो। 

भारतमा पक्राउ परेका प्रसाईँलाई झापाबाट हवाई मार्ग हुँदै काठमाडौँ ल्याइएको थियो। ​​​​​​राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईँलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ परेका थिए। 

चैत १५ गते तीनकुनेको राजावादीको प्रदर्शन स्थलबाट फरार भएका थिए। राजावादीको प्रदर्शनमा आन्दोलनकारीहरूलाई उक्साएर विध्वंसकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसूरमा मुद्दा चलाइएको छ।

 

सम्बन्धित समाचार