२०८३ बैशाख १४ गते , सोमबार

घरभित्रै कुहिएको अवस्थामा शेरबहादुरको शव फेला

sajilo news
मोरङ
२०८२ बैशाख १ गते , सोमबार
घरभित्रै कुहिएको अवस्थामा शेरबहादुरको शव फेला

मोरङ विराटनगर –११ बस्ने ६० वर्षीय शेरबहादुर खड्काको कुहिसकेको शव घरभित्र फेला परेको छ । गएराति ८ बजेतिर खड्काको चुक्कुल लगाएको घरभित्रबाट गन्ध आएको र झिँगा भन्केपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली आएर आफन्त तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका खोलेर हेर्दा खाटमा सुतेको अवस्थामा खड्का मृत फेला परेका थिए ।

उनी घरमा एक्लै बस्ने गरेका थिए ।सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार