२०८३ बैशाख ४ गते , शुक्रबार
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो
सुनको मूल्यले नेपाली बजारमा अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ ।