२०८३ बैशाख १४ गते , सोमबार

काँकडभिट्टाबाट छुटेको नागरिक बसका कर्मचारीले कुटे यात्रु, सहचालकसहित दुई पक्राउ

sajilo news
झापा
२०८२ बैशाख ५ गते , शुक्रबार
काँकडभिट्टाबाट छुटेको नागरिक बसका कर्मचारीले कुटे यात्रु,  सहचालकसहित दुई पक्राउ

भाडाको विषयमा यात्रुलाई कुटपिट गर्ने न्यू नागरिक यातायातका सहचालकसहित दुईजना पक्राउ परेका छन् । आज साँझ अन्दाजी ५.२० बजे बिर्तामोड नगरपालिका– २ राम चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४०३७ को नम्बरको न्यू नागरिक यातायातमा सवार यात्रु बिर्तामोड १ बस्ने २८ वर्षीय काशी भट्टराईलाई सोही गाडीमा काम गर्ने सहचालक दमक नगरपालिका १० बस्ने २८ वर्षीय मन तामाङ र कमल गाउँपालिका १ बस्ने २२ वर्षीय राकेश साहले भाडाको विषयमा कुटपिट गरेका थिए । घाइतेको टाउकोमा चोट लागेको छ । सामान्य अवस्थामा उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

भाडाको विषयमा पहिला गाडीका स्टाफले कुटपिट गरेको र त्यसपछि भट्टराईले स्थानीय भेला गरी गाडीका स्टाफलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । यात्रुलाई कुटपिट गर्ने दुवै जनालाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको उनले जानकारी दिए । बस जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार