२०८३ बैशाख १४ गते , सोमबार
भद्रपुरमा १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भद्रपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका-४ आँपगाछी बस्ने २० वर्षीय लखिराम सोरेन रहेका छन् ।
शुक्रवार बिहान अन्दाजी ४ बजे भद्रपुर-४ स्थित झिलमिल खोलाको डिलमा रहेको बाँसघारीमा बालिकालाई सोरेनले जबरजस्ती करणी गरेका थिए । उनले फागुन १० गतेदेखि पटक पटक त्यस्तो व्यवहार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोरेनलाई पक्राउ गरेको जनाइएको छ ।