२०८३ बैशाख १० गते , विहीबार

क्यानडामा गोली हानी एक भारतीय छात्राको हत्या

sajilo news
एजेन्सी
२०८२ बैशाख ६ गते , शनिबार
क्यानडामा गोली हानी एक भारतीय छात्राको हत्या

टोरन्टो  ।  क्यानडामा गोली लागी एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ। उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ।

'हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं,' कन्सुलेट जनरलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्।

स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ। उनलाई दुई सवारी साधन बीचको गोली हानाहानको क्रममा गोली लागेको थियो।

दूतावासले भन्यो, 'हामी उनको परिवारसँग सम्पर्कमा छौं र उनीहरूलाई आवश्यक सबै सहयोग प्रदान गर्दैछौं। यस कठिन समयमा हाम्रो समवेदना र प्रार्थना शोकसन्तप्त परिवारसँग छ।' ह्यामिल्टन प्रहरीले पनि एक विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

सम्बन्धित समाचार