२०८३ बैशाख १४ गते , सोमबार
दोमुखा चिल्ड्रेन पार्कमा एक बेवारिसे शव फेला
झापाको शिवसताक्षी नगरपालिका-१० स्थित दोमुखा चिल्ड्रेन पार्कमा एक बेवारिसे शव फेला परेको छ । आज दिउँसो १२.३० बजेतिर नाम, थर र वतन नखुलेको अन्दाजी ५५ वर्षका पुरुष मानिस मृत फेला परेका हुन् । केही दिनदेखि ती व्यक्ति त्यही मागी हिँड्ने गरेका थिए । मृतकको हुलिया सार्वजनिक गरिएको र शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।