२०८३ बैशाख ४ गते , शुक्रबार
इलामबाट भन्सार छलेर झापा ल्याएको ५ लाख बढीको कस्मेटिक सामान बरामद
इलामको सीमा नाकाबाट अवैध रुपमा भन्सारले भित्राएको ५ लाख बढीको अवैध सामान प्रहरीले झापाको बुद्धशान्तिबाट बरामद गरेको छ । मंगलबार साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका –४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–००१ ज। ३४४९ नम्बरको यात्रुवाहक बोलेरो गाडीलाई चेकजाँच गर्दा बिलबिना अवैध रुपमा ल्याएको अन्दाजी ५ लाख ३४ हजार ७४५ बराबरको विभिन्न कस्मेटिक सामानहरू फेला परेको थियो । ती सामानहरू नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ ।