२०८३ बैशाख १० गते , विहीबार

जम्मू-कश्मिरमा नेपालीसहित २८ जनाको हत्या गर्ने आतंककारीहरूको स्केच सार्वजनिक

sajilo news
एजेन्सी
२०८२ बैशाख १० गते , बुधबार
जम्मू-कश्मिरमा नेपालीसहित २८ जनाको हत्या गर्ने आतंककारीहरूको स्केच सार्वजनिक

जम्मू कश्मिरको पहलगाममा भएको आक्रमणमा संलग्न तीन जना आतंककारीको स्केच सार्वजनिक भएको छ। भारतीय सुरक्षा एजेन्सीहरूले मुसा, युनुस र आसिफ नामका आक्रमणकारीहरूको स्केच सार्वजनिक गरेको हो।

मंगलबार पहलगाममा भएको आक्रमण उनीहरूको प्रत्यक्ष संलग्नता रहेको सुरक्षा एजेन्सीहरूले पुष्टि गर्दै स्केच सार्वजनिक गरेको हो। उनीहरू तीनैजना लश्कर-ए-तोयबासँग सम्बन्धित रहेको बताइएको छ। उनीहरूलाई आसिफ शेख, सुलेमान साह र अबु तल्लाहका नामले चिनिने गरेको सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

उनीहरू एक-४७ लगायतका अत्याधुनिक बन्दुकहरू लिएर पहलगाममा पर्यटकमाथि अन्धाधुन्ध फायर गरेका थिए। घटनामा २८ जनाको मृत्यु भएको छ। जसमा एक नेपाली पनि रहेका छन्। बुटवल निवासी सुदीप न्यौपानेको घटनामा मृत्यु भएको छ। उनी घुम्नका लागि पहलगाम पुगेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भारतको सुरक्षा एजेन्सी र सुरक्षा निकायहरूले अहिले पहलगाम क्षेत्रमा सर्च अभियान जारी राखेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आतंककारीहरूलाई कुनै हालतमा नछोड्ने बताइसकेका छन्। यसैबीच भारतका गृहमन्त्री अमित शाह घटनास्थलको निरीक्षण गरेका थिए।

सम्बन्धित समाचार