हनिमुन मनाउन कश्मीर पुगेका भारतीय सेना मारिए, ६ दिनअघि गरेका थिए विहे
भारतको जम्मू कश्मीरको पहलगाम आफ्नो प्राकृतिक सौन्दर्य र शान्तिको लागि परिचित छ, तर २२ अप्रिल २०२५ मा यो स्वर्ग आतंकको आगोमा डुब्यो । एउटा भयानक आतंकवादी हमलामा नेपाली युवकसहितको २८ पर्यटकको मृत्यु भयो, जसमा एक नवविवाहित जोडी पनि थिए ।
कर्नालका विनय नरवालको जोडी आफ्नो नयाँ जीवन सुरु गर्न, आफ्नो हनिमूनको सुन्दर क्षणहरूको कदर गर्न आएका थिए, तर आतंककारीहरूको गोलीले उनीहरूको सपनालाई सदाको लागि चुप लगाइदियो ।
कर्नालका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल भारतीय नौसेनाका अधिकारी थिए । उनको विवाह अप्रिल १६ मा भएको थियो र उनी आफ्नी नवविवाहित दुलहीसँग पहलगामको बैसरन उपत्यकामा हनिमुन मनाइरहेका थिए । अप्रिल २२ मा, आतंककारीहरूले पर्यटकहरूको समूहमाथि गोली चलाएका थिए । विनयले आफ्नी श्रीमतीलाई बचाए तर उनी आफैं आतंककारीहरूको गोलीबाट सिकार भए ।
श्रीमानको शवको छेउमा असहाय भएर बसिरहेकी उनकी श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसले गर्दा देख्ने सबैको आँखा रसाएकाका छन् । कर्नालस्थित उनको घरमा शोक छाएको छ । परिवारका एक सदस्यले भने, ‘विनय हाम्रो गौरव थियो । उसले आफ्नी श्रीमतीलाई बचायो, तर हामीले उसलाई बचाउन सकेनौं ।’