२०८३ बैशाख १४ गते , सोमबार

दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख बढी रकम ठगी गर्ने महिला पक्राउ

sajilo news
झापा
२०८२ बैशाख १५ गते , सोमबार
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख बढी रकम ठगी गर्ने महिला पक्राउ

दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गरेको आरोपमा महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका-२ घर भई काठमाडौंमा बस्दै आएकी ५१ वर्षीया मुना कार्की रहेकी छन्। 

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी दक्षिण कोरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोपछि  पीडितले उजुरी दिएका थिए। उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।  पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार