२०८३ बैशाख १० गते , विहीबार

पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

sajilo news
एजेन्सी
२०८२ बैशाख १७ गते , बुधबार
पाकिस्तानी जेलमा रहेका ८०० भन्दा बढी अफगानी कैदी रिहा

पाकिस्तानमा जेलमा रहेका ८२० जना अफगानी कैदीलाई रिहा गरिएको छ। उनीहरूलाई गत साता रिहा गरी स्वदेश फर्काइएको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले मङ्गलबार जानकारी गराएको हो। 

ती बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै अफगानिस्तान फर्केको मन्त्रालयले जनाएको छ। अहिले विदेशमा बसिरहेका करिब ७० लाख अफगानी शरणार्थीहरु अधिकांश कागजातविहिन रहेका छन् र उनीहरूमध्ये अधिकांश छिमेकी देश पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन्।

अफगानिस्तानको अन्तरिम सरकारले शरणार्थीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न बारम्बार आह्वान गर्दै आएको छ।
 

सम्बन्धित समाचार