२०८३ बैशाख १४ गते , सोमबार

इलाममा २३ वर्षीय युवकले गरे ५८ वर्षीया महिलालाई बलात्कार

sajilo news
इलाम
२०८२ बैशाख २१ गते , आईतबार
इलाममा २३ वर्षीय युवकले गरे ५८ वर्षीया महिलालाई बलात्कार

इलाममा २३ वर्षीय युवकले ५८ वर्षीया महिलालाई बलात्कार गरेका छन् । गएराति अन्दाजी १२।१५ बजे इलाम देउमाई नगरपालिका ७ हाङदाङ घर भई माई नगरपालिका –१ तीनकुनेमा ज्याला मजदुरी गर्दै हिँड्ने २३ वर्षीय पुरपुरे भन्ने विनोद चेम्जोङ लिम्बूले ५८ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरी फरार भएका हुन् ।

घटनाबारे प्रहरी चौकी लोदिया दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार