२०८३ बैशाख १४ गते , सोमबार

नेपाल प्रहरीका ७ डीआईजीको सरुवा, कोशीमा कार्की आउने

sajilo news
झापा
२०८२ बैशाख २१ गते , आईतबार
नेपाल प्रहरीका ७ डीआईजीको सरुवा, कोशीमा कार्की आउने

नेपाल प्रहरीका ७ जना डीआईजीको सरुवा भएको छ ।  कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ । डम्बर बहादुर बिक सुदुरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।

सम्बन्धित समाचार