झापा-३ को विकासमा राज्यमन्त्री राजवंशीको चासो, मतदाताको आवश्कता बमोजिम छुट्टाए साढे ६९ लाख बजेट
भद्रपुर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले झापा क्षेत्र नम्बर ३ मा ६९ लाख ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले मन्त्रालयको सहकार्यमा आफ्नो निर्वाचन क्षेत्रमा सो बजेट विनियोजन गरेका हुन् । नेपाली काँग्रेसबाट निर्वाचित भएका राजवंशी राज्यमन्त्री बनेसँगै मतदाताको आवश्यकता बमोजिम बजेट विनियोजन गरेको जनाइएको छ । मन्त्रालयले वित्तीय हस्तान्तरणमार्फत नगर तथा गाउँपालिका अन्तरगत बजेट निकासा गर्ने हो ।
मन्त्रालयका अनुसार भद्रपुर नगरपालिका- २ स्थित देवी मन्दिर सामुदायिक भवनमा ४ लाख, भद्रपुर- ३ बैसाबारीस्थित शिव शिवालय मन्दिरमा दुई लाख ५० हजार, भद्रपुर- १ स्थित नाइटीङ्ग क्लबमा ४ लाख , भद्रपुर- २ स्थित याम्बु छोलिङ्ग बौधगुम्बमा दुई लाख ५० हजार, भद्रपुर- २ स्थित भुजेल समाज सेवामा दुई लाख ५० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै कचनकवल गाउँपालिका- ३ स्थित कृष्ण प्रणामी मन्दिरमा दुई लाख ५० हजार, कचनकवल नेवार गुठीमा तीन लाख, कचनकवल- ६ स्थित बाल सामुदायिक भवनमा तीन लाख, कचनकवल- २ स्थित हरि कृष्ण सनातन सत्सङ्ग मन्दिरमा तीन लाख, कचनकवलस्थित भादरु किराना पसलबाट आमबारी स्कुल जाने सडकमा १२ लाख, कचनकवल- ३ स्थित मदरसा तटबन्धमा तीन लाख र कचनकवल- १ स्थित घेराबारी-पथरीया सत्सङ्गमा चार लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी हल्दिबारी गाउँपालिका-४ स्थित किरातेश्वर मन्दिरमा दुई लाख, हल्दिबारी-२ स्थित सिंहदेवी मन्दिरमा दुई लाख, हल्दिबारी- ४ स्थित सिद्धकाली मन्दिरमा दुई लाख, बिर्तामोड नगरपालिका- १० स्थित कृष्ण प्रणामी सत्सङ्ग मन्दिरमा ४ लाख, बिर्तामोड- १० स्थित दुर्गा भवानी मन्दिरमा दुई लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै खानेपानी मन्त्रालयले विपद् व्यवस्थापनतर्फ कचनकवल- ७ स्थित बालुवा खोला तटबन्धमा ५ लाख र कचनकवल-५ स्थित बडो झोडा ईदगा तटबन्धमा ५ लाख बजेट छुट्टाएको छ ।