२०८३ बैशाख १० गते , विहीबार

एक-अर्कामाथिको आक्रमण बन्द गर्न भारत र पाकिस्तानलाई अमेरिकाको आग्रह

sajilo news
एजेन्सी
२०८२ बैशाख २६ गते , शुक्रबार
एक-अर्कामाथिको आक्रमण बन्द गर्न भारत र पाकिस्तानलाई अमेरिकाको आग्रह

अमेरिकाले भारत र पाकिस्तानले एक-अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने प्रतिक्रिया दिएको छ। उसले युद्धले कुनै समाधान ननिम्त्याउने बताएको छ।  अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलन गरी हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्ने बताइन्। ‘युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्ने कुरा मध्यपूर्वबाट प्रमाणित भइसकेको छ’, उनले भनिन्।

तर उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिइन्। यस क्रममा दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेको उनको भनाइ छ।

सम्बन्धित समाचार