भारतीय सैन्य अड्डामा भएको पाकिस्तानी आक्रमण विफल पारिएको रक्षा मन्त्रालयको दावी
दिल्ली । भारतीय रक्षा मन्त्रालयले पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डालाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ। ती आक्रमणहरु विफल पारिएको मन्त्रालयले जनाएको छ।
'आक्रमणहरूलाई विफल पारिएको छ। कुनै पनि जनधनको क्षति भएको छैन। भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ।', रक्षामन्त्रालयले जनाएको छ।
त्यस्तै जम्मू कश्मीरमा पूर्ण रूपमा ब्ल्याकआउट भएको बीबीसीमा जनाइएको छ। पछिल्ला केही घण्टामा पाकिस्तानी गोलाबारीबाट मारिएका सबै मानिसहरू यही क्षेत्रका हुन्। पुंछमा पनि पूर्ण रूपमा ब्ल्याकआउट थियो। हिजो साँझ त्यहाँ हवाई हमलाको साइरन सुनिएको थियो।
भारतीय सेनाका अनुसार पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरका सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको र त्यसलाई असफल पारिएको छ। आक्रमणहरूमा कुनै क्षति नभएको उनीहरुले बताएका छन्। आक्रम बिहीबार राती ९ बजेतिर भएको हो।