२०८३ बैशाख १० गते , विहीबार

संसारका पाँचौँ धनी व्यक्ति बिल गेट्सको घोषणा : ९९ प्रतिशत सम्पत्ति दान गर्ने

sajilo news
एजेन्सी
२०८२ बैशाख २६ गते , शुक्रबार
संसारका पाँचौँ धनी व्यक्ति बिल गेट्सको घोषणा : ९९ प्रतिशत सम्पत्ति दान गर्ने

बिलिनियर बिल गेट्सले सन् २०४५ सम्ममा आफूले कमाएको ९९ प्रतिशत दान गरेर सक्ने घोषणा गरेका छन् । सन् २०४५ सम्ममा आफ्नो परोपकारी फाउन्डेशनमार्फत २०० अर्ब डलर दान गर्ने घोषणा गरेका हुन्। उनले ब्लगमा मृत्यु छिको कुरामा ध्यान दिनु भन्दा जिउँदो भएको समयमा नै धेरै गर्न चाहेको बताए ।

६९ वर्षीय गेटले अहिले नै स्वास्थ्य क्षेत्र र विकासका लागि आफ्नो फाउन्डेसनमार्फत एक अर्ब अमेरिकी डलर खर्च गरिसकेका छन् । अब उनले थप २ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ। गेट्सले सन् १८८९ मा आन्द्रेयु कार्नेगाइइले लेखेको द गेस्पेल अफ वेल्थ प्रेरणाको श्रोत भएको बताए । समुदायमा लागि धनी व्यक्तिको जिम्मेवारी सो पुस्तकमा लेखेका छन् ।

सन् २०४५ को डिसेम्बर ३१ मा फाउन्डेशन बन्द गर्ने बताए । यो रकमले पोलियो, मलेरिया जस्ता रोग उन्मूलन, महिला र बालबालिकाको रोक्न सकिने मृत्यु अन्त्य र विश्वव्यापी गरिबी न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास छ।

ब्लुमवर्गको डेटा अनुसार गेट्स संसारका पाँचौँ धनी व्यक्ति हुन्। पाउल एलनसँग मिलेर गेटले सन् १९७५ मा सञ्चालन गरेको माइक्रोसफ्टले नै कम्प्युटरको संसारमा पकड जमाएको हो। सन् २००० मा प्रमुख कार्यकारी पद त्यागेका उनले २०१४ मा अध्यक्ष पद पनि छाडिसकेका छन् ।
 

सम्बन्धित समाचार