२०८३ बैशाख ४ गते , शुक्रबार

किन भयो ९ महिनामै मेची भन्सार प्रमुखको सरुवा ?

sajilo news
झापा
२०८२ बैशाख २६ गते , शुक्रबार
किन भयो ९ महिनामै मेची भन्सार प्रमुखको सरुवा ?

झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालको सरुवा भएको छ । भन्सार अधिकृत चुडालको ९ महिनामै सरुवा भएको हो ।

९ महिनामै सरुवा हुनुको कारण भने भन्सार विभागले खुलाएको छैन । वर्ष दिन नपुग्दै सरुवा भएकोले मेची भन्सारमा उनको कार्यकाल असफल देखिएको यसै घटनाक्रमले पुष्टि गर्छ । विशेष परिस्थिति नपरेसम्म उपसचिव तहको कार्यालय प्रमुखलाई दुई बर्से कार्यकाल पूरा गरेपछि मात्र सरुवा गर्नुपर्ने निजामती सेवा नियमावलीमा उल्लेख गरिएको छ । 

चुँडाललाई तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएको हो । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले उनको सरुवा गरेको पुष्टि गरे । चुँडाल गत भदौमा मेची भन्सार कार्यालयमा सरुवा भएर आएका थिए । मेची र विराटनगर भन्सार कार्यालय बेलाबेलामा सुपारी, केराउलगायतका वस्तुको आयात निर्यातमा विवाद हुने गरेको छ । सरकारले आयात निर्यात खोल्ने र बन्द गर्ने नीति अपनाएकाले पनि सुपारीको विषय विवादमा पर्दै आएको हो ।

 

सम्बन्धित समाचार