२०८३ बैशाख १४ गते , सोमबार

एसपी लिम्बूले भने- लागूऔषधको जालो तोड्छौं

sajilo news
झापा
२०८२ बैशाख ३१ गते , बुधबार
एसपी लिम्बूले भने- लागूऔषधको जालो तोड्छौं

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूले विकराल बन्दै गएको लागू औषधको जालो तोड्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापामा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक लिम्बूले झापावासीको समन्वयमा लागू औषध नियन्त्रणका लागि विशेष रणनीति अवलम्बन गर्दै अघि बढ्ने र लागू औषधिको जालो तोड्ने बताएका छन् ।

लागूऔषधसंगै चोरी, अवैध चोरी तस्करी, सवारी दुर्घटना, ठगी जस्ता समस्यालाई समेत निराकरण गर्ने बताएका हुन् । चोरी पैठारी नियन्त्रण, ब्लाकमेलिङ, सामाजिक सञ्जालको दुरुपयोग जस्ता गतिविधिलाई प्रहरीले निगरानी गर्ने बताएका प्रहरी उपरीक्षक लिम्बूले झापामा मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङमा ब्लबुकमा फोटो र चेचिस नम्बर समेत हेर्न निर्देशन दिइसकेको बताए ।
उनले जिल्लाको शान्ति सुरक्षाका लागि प्रतिबद्ध भई काम गर्ने बताउँदै झापाका सबै नागरिकहरूलाई प्रहरी युनिटहरूमा सहजै पहुँचको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । प्रहरीसम्म आफ्नो समस्या राख्न कसैको सहारा लिनु नपर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार