२०८३ बैशाख ४ गते , शुक्रबार

दमक भ्यू-टावरलाई शुल्क लिई सञ्चालन गर्न दिने सरकारको निर्णय

sajilo news
रासस
२०८२ जेष्ठ १ गते , विहीबार
दमक भ्यू-टावरलाई शुल्क लिई सञ्चालन गर्न दिने सरकारको निर्णय

सरकारले दमक भ्यू-टावर (दमक व्यापारिक कम्प्लेक्स) लाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ। हिजो वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। उक्त टावरका विषयमा आलोचना हुँदै आएको छ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डडेल्धुराको परशुराम नगरपालिका मातहतको १५ शैयाको जनसङ्ख्या मन्त्रालय जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको जानकारी दिए। 

यस्तै सरकारले औद्यौगिक सम्पत्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, जल तथा मौसम विज्ञान विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव शोभाकान्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ। 

सम्बन्धित समाचार