२०८३ बैशाख ४ गते , शुक्रबार

हैदराबादको एक भवनमा आगलागी, कम्ति १७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ जेष्ठ ४ गते , आईतबार
हैदराबादको एक भवनमा आगलागी, कम्ति १७ जनाको मृत्यु

आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी भएको छ। दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये ८ जना बालबालिका रहेका छन्। 

साथै १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। केही मानिसहरू अझै पनि घरमा फसेका र उद्धार कार्य जारी रहेको जनाइएको छ। २ घण्टाको प्रयासपछि आगो निभाइएको थियो। आगलागी सर्ट सर्किटका कारण भएको बताइएको छ। तर आधिकारिक रूपमा पुष्टि भएको छैन।

प्रहरीका अनुसार तीन तल्ले भवनकफो भुइँ तल्लामा आगो लागेको हो। मरेका सबै मानिसहरू यही तलामा बस्थे। बिहान ६ बजे आगलागीको बारेमा दमकल विभागलाई जानकारी गराइएको थियो। त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए र लगभग १० जनालाई अस्पताल भर्ना गरिएको छ। 

सम्बन्धित समाचार