२०८३ बैशाख १४ गते , सोमबार
भद्रपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ
झापाको भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले आइतबार साँझ ५:१० बजे भद्रपुर नगरपालिका-३ आपगाँछीमा चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेका साइकल यात्री भद्रपुर-३ ज्ञानेचोक बस्ने १७ वर्षीय आयुष तामाङ ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
उनीसँग प्लास्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको प्लास्टिकसहित ९ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याइ राखिएको र थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।