२०८३ बैशाख १० गते , विहीबार
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
इलाममा जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका ४ छयारछयारे बस्ने ३२ वर्षीय गोबिन्द बिष्ट रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिएर पक्राउ गरेको हो ।
विष्टले जेठ २ गते राति ९ बजे आफ्नै घर कोठामा २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेका थिए । पीडितले दिएको जाहेरीको आधारमा विष्टलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।