भद्रपुरकी किशोरीलाई ८ महिनाको गर्भ बोकाउने राजवंशी पक्राउ
भद्रपुरकी किशोरीलाई जबरजस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-५ देवीवस्ती बस्ने अन्दाजी २० वर्षीया शंकर राजवंशी रहेका छन् ।
कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो । पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि राजवंशी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ । राजवंशी विवाहित रहेको खुलेको छ ।
गत असोज २४ गते बिहान ४ः३० बजेदेखि राति ९ बजेसम्मको समयभित्र भद्रपुरको डेग्लो होटेलमा राजवंशीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भनी प्रहरी जाहेरीमा उल्लेख छ । घरमै हातखुट्टा सुन्निएर सिकिस्त भएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले बुधवार साँझ उद्धार गरी किशोरीलाई प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरेका थिए ।