२०८३ बैशाख १० गते , विहीबार
भद्रपुरको काली मन्दिरमा चोरी
भद्रपुर नगरपालिका-६ स्थित कामती टोलमा रहेको काली मन्दिरमा चोरी भएको छ । बिहीबार राति मन्दिरको मूल ढोकाको ताल्चा खोली मन्दिरभित्र मूर्तिमा चढाएको चाँदीको विभिन्न गरगहना २० हजार, सुनको टिका १ थान र नाकको फुली १ थान गरी ४० हजारसमेत गरी जम्मा ६० बराबरको धनमाल चोरी भएको हो ।
स्थानीयले हिजो जानकारी गराउनसाथ उक्त स्थानमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर चोरीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको जनाइएको छ ।