२०८३ बैशाख ४ गते , शुक्रबार

केरला तट नजिकै लाइबेरियाली जहाज डुब्यो

sajilo news
एजेन्सी
२०८२ जेष्ठ ११ गते , आईतबार
केरला तट नजिकै लाइबेरियाली जहाज डुब्यो

केरलाको तट नजिकै लाइबेरियाको एउटा कार्गो जहाज डुबेको छ। भारतीय तटरक्षक र नौसेनाले संयुक्त अभियानमा जहाजका सबै २४ चालक दलका सदस्यको उद्धार गरेका छन्।

‘जहाजमा ६४० कन्टेनरहरू थिए। जसमध्ये १३ वटामा खतरनाक सामग्रीहरू थिए र १२ वटामा क्याल्सियम कार्बाइड बोकेका थिए,’ तटरक्षकले आइतबार एक्समा भनेको छ ।

विज्ञप्तिमा जहाजको ट्याङ्कीमा ८४.४४ मेट्रिक टन डिजेल र ३६७.१ मेट्रिक टन फर्नेस तेल रहेको उल्लेख गरिएको छ। यसले गर्दा वातावरणमा क्षति पुग्ने खतरा रहेको जनाइएको छ।

सम्बन्धित समाचार