२०८३ बैशाख १० गते , विहीबार

आमासहित दुई छोरीको बीभत्स हत्या, एक पक्राउ

sajilo news
झापा
२०८२ जेष्ठ १४ गते , बुधबार
आमासहित दुई छोरीको बीभत्स हत्या, एक पक्राउ

बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको  जानकारी दिए।  आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए। 

हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन्। प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन्। अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको उनले बताए। घटना बुधबार बिहान ४ बजेतिर भएको हो। 

सम्बन्धित समाचार