२०८३ बैशाख ४ गते , शुक्रबार
बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार
सरकारले सरकारी कर्मचारीको तलब बढाएन । सरकारले कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको बताए । तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्याएको जानकारी उनले दिए ।