२०८३ बैशाख ४ गते , शुक्रबार

सरकारले गर्‍यो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

sajilo news
झापा
२०८२ जेष्ठ १५ गते , विहीबार
सरकारले गर्‍यो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२-०८३ को बजेट सार्वजनिक गर्दै कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका हुन्। 

'आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ', अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत् भने।

आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो।

सम्बन्धित समाचार