२०८३ बैशाख ४ गते , शुक्रबार

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने माओवादी र रास्वपाको अडान

sajilo news
झापा
२०८२ जेष्ठ १६ गते , शुक्रबार
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने माओवादी र रास्वपाको अडान

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ।

विपक्षी दलहरूको निरन्तर संसद् अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। छलफलपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान दोहोर्‍याएका छन्।

यसैगरी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मुद्दाहरूमा आफूहरूले अडिग रहेको बताए । जेठ १९ गते संसदीय दलको बैठक बोलाएर थप रणनीति बनाउने जानकारी दिइएको छ ।

सम्बन्धित समाचार