२०८३ बैशाख १० गते , विहीबार

इलाममा चितुवा मृत भेटियो

sajilo news
झापा
२०८२ जेष्ठ १७ गते , शनिबार
इलाममा चितुवा मृत भेटियो

इलामको सूर्योदय नगरपालिका –५ मा जंगली चितुवा मृत भेटिएको छ । आज साँझ ५ बजेतिर सूर्योदय –५ बस्ने ३६ वर्षीया कमला गिरीले घाँस काट्दै गर्दा बाङ्गे खोलाको खोल्सीमा जंगली चितुवा मृत अवस्थामा भेटेकी थिइन् ।

प्रहरी चौकी श्रीअन्तुबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सब डिभिजन वन कार्यालय बरबोटेबाट टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार