२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा मनसुनी वर्षाका कारण ३० जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ जेष्ठ १८ गते , आईतबार
भारतमा मनसुनी वर्षाका कारण ३० जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्यहरूमा पछिल्ला दुई दिनदेखि जारी मुसलधारे वर्षाले बाढी र पहिरो निम्त्याउँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

राज्य विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार असममा ८ र अरुणाचल प्रदेशमा ९ जनाको ज्यान गएको छ। अधिकांशको मृत्यु पहिरोका कारण भएको हो। मिजोराम राज्यमा पनि पहिरो जाँदा पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको छ। त्यस्तै मेघालयमा ६ जना, नागाल्यान्ड र त्रिपुरामा कम्तीमा दुई-दुई जनाको मृत्यु भएको बताइएको छ।

लगातार तीन दिनदेखि उक्त क्षेत्रमा वर्षा भइरहेको छ, जसले गर्दा धेरै जिल्लाहरूमा बाढीको चेतावनी जारी गरिएको छ। ब्रह्मपुत्र नदी र यसका सहायक नदीहरूमा पानीको सतह बढेको छ। ती नदीहरूले तटबन्ध भत्काउँदै नजिकका बस्तीहरू डुबानमा पारेको अधिकारीहरूले बताएका छन्। 

सम्बन्धित समाचार