२०८३ बैशाख ४ गते , शुक्रबार

कमल थापा र सांसद सिंहसहित सातजना रिहा

sajilo news
काठमाडौं
२०८२ जेष्ठ १८ गते , आईतबार
कमल थापा र सांसद सिंहसहित सातजना रिहा

राजावादीहरूको प्रदर्शनका क्रममा पक्राउ परेकाहरू रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित ७ जना आइतबार साँझ रिहा भएका हुन्।

परिसरका प्रवक्ता अपीलराज बोहोराले एक जनाबाहेक अन्य सात जनालाई जमानीमा रिहा गरिएको बताए। राजीव झा भने हिरासतमै रहेको उनले बताए। उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ।

निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नक्साल क्षेत्रबाट प्रहरीले थापासहित शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिनालाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार