२०८३ बैशाख १० गते , विहीबार

श्रीमतीलाई खोकीको औषधि भनी विष खुवाएर मार्न खोज्ने श्रीमान् पक्राउ

sajilo news
झापा
२०८२ जेष्ठ २० गते , मंगलबार
श्रीमतीलाई खोकीको औषधि भनी विष खुवाएर मार्न खोज्ने श्रीमान् पक्राउ

झापामा आफ्नै श्रीमतीलाई विष खुवाई मार्न खोज्ने श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका– २ घर भई हाल दमक नगरपालिका–१ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलीपकुमार मरिक डोम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
प्रहरीका अनुसार गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेणु मरिकलाई ज्यान मार्न खोजेका थिए । उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेका थिए । त्यस भन्दा अघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेणुले प्रहरीमा बयान दिएको जनाइएको छ । उनीहरूका एक छोरा र एक छोरी रहेका छन् । 
घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरी झापा ल्याएको हो । उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए । 
 

सम्बन्धित समाचार