२०८३ बैशाख १० गते , विहीबार
झापा गाउँपालिकामा ८ लाख बढीको चोरी
झापा गाउँपालिकामा लाखौँको चोरी भएको छ । गएराति झापा गाउँपालिका-१ सिद्धिनगर टोल बस्ने खेमराज कोचको घरबाट सुन–३ तोला, चाँदी–१७ तोला, मोबाइल, लेडिज साइकल र नगद २ लाख गरी अन्दाजी ८ लाख ३० हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
खेमराज कोच कामको सिलसिलामा विदेशमा रहेको र घरमा बुबा आमा सुतिरहेको अवस्थामा घरमा राखेको दराजको ताल्चा फुटाई नगद र गरगहना चोरी भएको भन्ने बताइएको छ ।