२०८३ बैशाख ४ गते , शुक्रबार

आइपीएल विजेता आरसीबीको विजय उत्सवमा भागदौड, मृतकको संख्या ११ पुग्यो

sajilo news
एजेन्सी
२०८२ जेष्ठ २२ गते , विहीबार
आइपीएल विजेता आरसीबीको विजय उत्सवमा भागदौड, मृतकको संख्या ११ पुग्यो

भारतको बैंग्लोरस्थित एम. चिन्नास्वामी क्रिकेट रंगशाला बाहिर भएको भागदौडमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। आइपीएल विजेता आरसीबीले विजय उत्सव मनाउने क्रममा भएको भागदौडमा ३३ जना घाइते भएका छन्।

कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धारमैयाले आयोजित पत्रकार सम्मेलन गरेर घटनाका विषयमा छानबिन हुने बताए। 'चिन्नास्वामी रंगशालाको मुख्य गेट अझै खुल्न बाँकी थियो, तर मानिसहरूको ठूलो भीडले सानो गेटलाई धक्का दिँदै भित्र पस्न खोज्दा भागदौड मच्चियो,' प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसले जनाएको छ।

विजय उत्सव मनाउन करिब दुई लाखभन्दा बढी समर्थक पुगेको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रदाञ्जली अर्पण गरेका छन्। प्रहरीले अहिले स्थिति सामान्य रहेको बताएको छ। भीड व्यवस्थापनमा चुक भएको भन्दै घटनाको आलोचना भइरहेको छ।

सम्बन्धित समाचार