२०८३ बैशाख ४ गते , शुक्रबार

भ्रष्टाचार मुद्दा दायरसँगै माधव नेपालको सांसद पद निलम्बन

sajilo news
काठमाडौं
२०८२ जेष्ठ २२ गते , विहीबार
भ्रष्टाचार मुद्दा दायरसँगै माधव नेपालको सांसद पद निलम्बन

नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।​ पतञ्जलिको जग्गा सट्टापट्टामा अनियमितता गरेको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो।

सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा उक्त व्यवस्था गरिएको छ। नेपाल निलम्बनमा परेको आधिकारिक पत्र पाइसकेपछि सभामुखले प्रतिनिधिसभालाई जानकारी गराउनेछन्।

सम्बन्धित समाचार