२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा काेराेनाका बिरामी ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

sajilo news
झापा
२०८२ जेष्ठ २३ गते , शुक्रबार
भारतमा काेराेनाका बिरामी ५ हजार नाघ्यो, ५५ जनाको मृत्यु

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा कोभिड–१९ (काेराेना) का सक्रिय केसहरू ५ हजार नाघेका छन्। मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशमा कोभिड–१९ का कुल ५,३६४ सक्रिय केस पुष्टि भएका छन्।

धेरैजसो केस केरलामा पुष्टि भएका छन्। केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्।

केरलामा १६७९, गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ सक्रिय कोभिड केस छन्।

मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार