२०८३ बैशाख १० गते , विहीबार

बिर्तामोडमा फेरि ८ लाख बढीको धनमाल चोरी

sajilo news
झापा
२०८२ जेष्ठ २६ गते , सोमबार
बिर्तामोडमा फेरि ८ लाख बढीको धनमाल चोरी

झापाको बिर्तामोडमा फेरि दिनदहाडै चोरी भएको छ । आइतबार दिउँसो अन्दाजी ३.३० बजेतिर बिर्तामोड–५ एकता टोल बस्ने बालकृष्ण सुवेदीको घरबाट ८ लाख ४० हजार ५०५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

सुवेदीको २ तले पक्की घरमा कोही नभएको बेला घरको पर्खालमा लगाएको फलामको ग्रिल फुटाई माथिल्लो तलाको ढोका र दराजको चाबी समेत फोरी दराजभित्र रहेको सुनको सिक्री–१ थान,सुनको लकेट–१ थान,तिलहरी–१ थान,औँठी–१ थान,कानमा लगाउने टप–१ थान गरी जम्मा सुन ४ तोला ४ आना,चाँदी अन्दाजी १४ तोला चोरी भएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्तिको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ । बिर्तामोडमा चोरीका घटना रोकिएको छैन । केही दिनअघि प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार