सशस्त्रकै मिलेमतोमा यसरी हुँदैछ झापाका सीमा नाकाबाट तस्करी (भिडियोसहित)
पछिल्लो समयमा झापाका सीमा नाकाबाट तस्करी गतिविधि मौलाएको छ । सीमामा तैनाथ सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी मौलाएसँगै कारोबारी खुलेआम भन्सार छलेर सरसामान नेपाल भित्राइरहेको छ । तस्कर समूहले सीमाका इन्चार्जदेखि गणसम्म लाइन बुझाएर काम गरिरहेको छ । जसकारण भन्सार आउने सरसामान पनि अवैध रुपमा भित्रिरहेको छ ।
तस्कर समूहले सीमा नजिकै खटाइएका सुरक्षा निकायका इन्चार्जदेखि जिल्लाका प्रमुखसम्मलाई मासिक रुपमा लाइन बुझाएर आफ्नो अवैध धन्दा चलाइरहेको स्रोतको दाबी छ । तस्करहरूले सादा पोसाकमा खटाइएकालाई रकम बुझाउने गरेको उनको दाबी छ । यसै क्रममा दक्षिणी झापाको कुञ्जीवारि नाकाबाट यसरी खुलेआम तस्करी भइरहेको एउटा भिडियो टाइम्स अफ प्रदेश अनलाइनलाई प्राप्त भएको छ । यो भिडियो एउटा नाकाको मात्रै हो । जिल्लामा कुन नाकाबाट कसरी तस्करी भइरहेको छ । त्यसबारेको समाचारसहितको भिडियो वा फोटो पनि चाँडै सार्वजनिक गर्ने छौँ । अहिले कुञ्जीवारिको यो भिडियो हेर्नुहोस् l