२०८३ बैशाख ४ गते , शुक्रबार

अमेरिकाको लस एन्जलसमा कर्फ्यु

sajilo news
एजेन्सी
२०८२ जेष्ठ २८ गते , बुधबार
अमेरिकाको लस एन्जलसमा कर्फ्यु

आप्रवासनको विरोध चर्किएपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यु घोषणा गरिएको छ। लस एन्जलसका मेयर करेन बासले स्थिति नियन्त्रणबाहिर जान नदिन कफ्र्यू आदेश जारी गरेका हुन्।  एलए प्रहरी प्रमुख जिम म्याकडोनेलले बढ्दो अशान्ति, जिउधनको रक्षा र सम्पत्तिको सुरक्षा गर्न कफ्र्यू आवश्यक भएको बताएका छन्।

यस्तै लस एन्जलसमा आप्रवासीमाथिको धरपकड विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयर रुष्ट बन्नुभएको छ । मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यो किसिमको घटना भएकोमा आपत्ति जनाएका छन्। 

यस्तै क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्थिति भड्काएको आरोप लगाएका छन्। यस्तै लस एन्जलसबाट शुरु भएको आप्रवासीको प्रदर्शन न्युयोर्क पुगेको छ । प्रदर्शनमा ऐकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो। त्यस्तै सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ। विरोध प्रदर्शनका कारण सडक ठप्प छ भने अदालतका कामकारबाही समेत प्रभावित भएका छन्।

सम्बन्धित समाचार