२०८३ बैशाख १० गते , विहीबार

युवतीलाई बलात्कार गरी गर्भ बोकाउने झापाका राईमाथि कारबाही माग

sajilo news
झापा
२०८२ जेष्ठ २८ गते , बुधबार
युवतीलाई बलात्कार गरी गर्भ बोकाउने झापाका राईमाथि कारबाही माग

एक युवतीलाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार भएका झापा गौरादह- ९ का ५० वर्षीय डिकबहादुर राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।

राईलाई पक्राउ गरी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरी पाउँ भनी युवतीका आमाले हिजो इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी छन् ।

राईले गत माघ महिनाको पहिलो हप्तातिर गौरादह वडा नं. ९ झमक चोकमा ३८ वर्षीया युवतीलाई घरमा कोही नभएको मौका पारी डर त्रास देखाई पटक पटक जबरजस्ती करणी गरेका थिए । ती युवती साढे पाँच महिनाको गर्भवती रहेको जनाइएको छ । गौरादह ९ का वडाध्यक्ष उपेन्द्र निरौलाले पीडित परिवारले न्याय नपाएको गुनासो गरिरहेको बताए । उनले दोषीमाथि कानुनी कारबाही हुनुपर्ने बताए ।

अस्थायी प्रहरी चौकी बैगुनधुराबाट प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद सुवेदीको कमान्डमा प्रहरी टोली खटिएर राईको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । राई हिजोदेखि फरार भएका हुन् ।

सम्बन्धित समाचार