एयर इन्डियाको जहाज दुर्घटनामा २४० यात्रुको मृत्यु, ब्रिटिश नागरिकसहित दुई जना बाँचे
एयर इन्डियाको जहाज दुर्घटनामा २४० जनाको मृत्यु भएको छ । दुर्घटनामा मात्र दुई जनाको जिवित उद्धार गरिएको छ । समाचार एजेन्सी एआईआईले प्रहरी अधिकृतलाई उदृत गर्दै ब्रिटिश नागरिक रमेश विश्वास कुमार बाचेका छन् । एकै साथ अर्को एक घाइते यात्री अस्पतालमा भर्ना छन्।
भारतको गुजरातस्थितअहमदाबादबाट लन्डनका लागि उडेको एआई१७१ फ्लाट नम्बरको जहाज दुई मिनेटमै दुर्घटना भएको थियो। उक्त जहाज अहमदाबादको मेघानीनगरस्थित बस्तीमा खसेको थियो। डाक्टर बस्ने होस्टेलमै जहाज खसेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
विमानमा क्रुसहित २४२ जना यात्रु रहेको बताइएको छ। विमानमा १६९ जना भारतीय र ६१ जना विदेशी नागरिक सवार थिए। विदेशी नागरिकमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानडाका नागरिक सवार थिए। विमानमा गुजराजका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए । यता घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले घटनाले आफूलाई स्तब्ध बनाएको र घटना सम्बन्धमा मन्त्री र सरोकारवालाहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेका छन्।